बाराका १३ स्थानीय तहले नीति तथा बजेट सार्वजनिक गरे, तीन पालिकाले अझैसम्म प्रस्तुत गर्न सकेनन्

अमरज्योती डेली
100 Views
3 Min Read

कलैया,११ असार । मधेस प्रदेश अन्तर्गतको बारा जिल्लाका अधिकांश स्थानीय तहले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि नीति,कार्यक्रम तथा बजेट सार्वजनिक गरेका छन्। जिल्लाभित्र रहेका १६ वटै पालिकामध्ये १३ वटा स्थानीय तहले निर्धारित समयमै नीति तथा बजेट प्रस्तुत गरेका छन्। तीन पालिकाले अझै सार्वजनिक गर्न बाँकी रहेको छ।

अगामी आर्थिक वर्ष २०८२/०८३ का लागि जिल्लाको सदरमुकाम कलैयामा रहेको कलैया उपमहानगरपालिकाले रु १ अर्ब ७२ करोड ७३ लाख ८७ हजार ७ सय ४९ को नीति तथा बजेट सार्वजनिक गरेको छ।

त्यस्तै महागढीमाइ नगरपालिकाले ८१ करोड ५८ लाख ७९ हजार ३ सय २१ रुपैयाँ,कोल्हवी नगरपालिकाले ७९ करोड २३ लाख,सिम्रौनगढ नगरपालिकाले ६७ करोड ७१ लाख ३१ हजार ५८ रुपैयाँ,पचरौता नगरपालिकाले ६५ करोड ३१ लाख छियासठी हजार नव सय रुपैयाँ बराबरको निति,कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ।

आदर्श कोतवाल गाउँपालिकाले ४५ करोड ५३ हजार ५९ रुपैयाँ,करैयामाई गाउँपालिकाले ४३ करोड ७२ लाख ९८ हजार ९ सय २२,बारागढी गाउँपालिकाले ४१ करोड ९० लाख ६१ हजार २ सय ३८,प्रसौनी गाउँपालिकाले ४१ करोड १ लाख,फेटा गाउँपालिकाले ४० करोड ९ लाख २२ हजार ३ सय ४४ रुपैयाँ,देवताल गाउँपालिकाले ३८ करोड ८५ लाख ९९ हजार ५ सय ५६,परवानीपुर गाउँपालिकाले ३४ करोड ३४ लाख ६९ हजार १ सय ५८ र बिश्रामपुर गाउँपालिकाले ३२ करोड १० लाख ४९ हजार ५ सय ८८ रुपैयाँ बराबरको नीति,कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ।

त्यसैगरी जीतपुरसिमरा उपमहानगरपालिकाको आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि प्रस्तावित नीति तथा कार्यक्रम र बजेटमाथि असहमति जनाइएपछि नगर सभाको १२ औं पहिलो बैठक सोमबार स्थगित भएको थियो । नगर प्रमुख राजन पौडेलका अनुसार संविधान अनुसारको समयसीमा असार १० भित्र नीति तथा कार्यक्रम र बजेट पास गर्न नसकिने भएपछि अब १२ औं नगर सभाको दोस्रो बैठक असार १८ गते बस्नेछ।

निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीले सूचना जारी गरेर सोमवार गर्ने भनिएको सोह्रौं अधिवेशनको बैठक मंगलवार सम्मको लागि स्थगित गरेका थिए । सूचनामा नगर सभाको अर्को बैठक मंगलवार दिउँसो २ः०० बजे नगर कार्यपालिकाको कार्यालयको सभाहलमा भएको थियोे। त्यहा पनि असहमति नभएको नगर प्रमुख पुरीले बताए। नगर प्रमुख पुरीका अनुसार नीति,कार्यक्रम तथा बजेट सार्वजनिकका लागी अर्को सूचना नआउन्जेलसम्म स्थगित रहने बताए।

स्रोतका अनुसार सुवर्ण गाउँपालिकाले असार १६ गते नीति,कार्यक्रम तथा बजेट सार्वजनिक गर्ने भएको छ।

Share This Article
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *