चोरीका पाँच मोटरसाइकलसहित तीन जना पक्राउ

अमरज्योती डेली
96 Views
2 Min Read

कलैया : बारा प्रहरीले पाँच चोरीको मोटरसाइकल सहित तीन जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले यसबारे जानकारी दिएका हुन्।

प्रहरीले बारा कोल्हबी नगरपालिका वडा नं. १ कोल्हबी बस्ने २१ वर्षीय राहुल बि.क.लाई पक्राउ गरेको हो। सोही स्थान वस्ने २३ वर्षीय अर्जुन खवासलाई प्रहरीले पक्राउ गरेको हो। सोही ठाउँ वस्ने २३ वर्षीय मुस्कान चौधरीलाई प्रहरीले पक्राउ गरेको हो।

उनीहरुको साथबाट प्रहरीले प्र.२–०३–००६ प ६५१५ नम्बरको १२५ सि.सि. क्षमताको होण्डा कम्पनीको साइन,ना. ४८ ५. ६९७० नं. को टिभिएस कम्पनीको कालो रङको आरटिआर २०० मोटरसाइकल बरामद गरेको हो।

यस्तै बा. ९४ प. २१४६ नम्बरको बजाज कम्पनीको २२० सि.सि. क्षमताको निलो रङको पल्सर प्रहरीले बरामद गरेको छ। ना. ६५ प. ८८६० नं. को टिभिएस कम्पनीको रातो कालो रङको स्ट्राइकर मोटरसाइकल समेत उनीहरुको साथबाट बरामद भएको हो।

प्रदेश २–०३–००५ प ६२२६ नं.को टिभिएस कम्पनीको निलो रङको स्ट्राइकर मोटरसाइकल प्रहरीले बरामद गरेको हो। मोटरसाईकलहरू हराएको/चोरी भएको हुँदा खोजतलास गरी पाउँ भनी सम्बन्धीत मानिसहरूले जिल्ला प्रहरी कार्यालय तथा ईलाका प्रहरी कार्यालय कोल्हवी बारामा निवेदन दिएका थिए।

ईलाका प्रहरी कार्यालय कोल्हवी बाराबाट प्रहरी निरीक्षक रंजन मिश्रको कमाण्डमा खटी गएको प्रहरी टोलीले सो मोटरसाइकल बरामद गरेको हो। उक्त मोटरसाईकलहरू खोज तलास गर्दै जाँदा ५ वटा मोटरसाईकलहरू फेला पारेको हो।

वरामद गरी उनीहरुलाई तत्कालै पक्राउ गरी चोरी सम्बन्धी कसुर मुद्धामा बारा जिल्ला अदालत बाट म्याद थप लिई थप अनुसन्धान कार्य भईरहेको छ।

Share This Article
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *