युवा समाजद्वारा पर्साका एसपी मिश्रलाई भव्य बिदाइ

अमरज्योती डेली
293 Views
1 Min Read

परवानीपुर । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक गौतम मिश्रलाई परवानीपुर गाउँपालिका–५ का युवा समाजले भव्य सम्मानसहित बिदाइ गरेको छ ।

पर्सा जिल्लामा शान्ति–सुरक्षा कायम गर्न तथा अपराध नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै युवा समाजले मंगलबार आयोजित ‘फेरि भेटौंला’ कार्यक्रममा एसपी मिश्रलाई सम्मानसहित बिदाइ गरेको हो।

कार्यक्रमका वक्ताहरूले एसपी मिश्रको कार्यकालमा पर्सा जिल्लामा शान्ति–सुरक्षा, आपराधिक गतिविधि नियन्त्रण तथा समुदाय–प्रहरी साझेदारीमा देखाएको नेतृत्वको उच्च प्रशंसा गरेका थिए।

सोहि कार्यक्रममा दसैँ,तिहार तथा छठ पर्वको शुभकामना आदानप्रदान गरिएको थियो ।

समाजसेवी राजेश प्रसाद गुप्ताको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि जगदीश साह कानु रहनु भएको थियो । उक्त कार्यक्रममा नेपाली कांग्रेस बारा क्षेत्र नं. ४ (ख) का क्षेत्रीय सभापति लोकेश सिंह, नेपाल तरुण दलका केन्द्रीय सदस्य राज किशोर गुप्ता, इलाका प्रहरी कार्यालय प्रसौनिका प्रहरी निरीक्षक टुपेन्द्र श्रेष्ठ, नेपाली कांग्रेसका जिल्ला सदस्य रबि करन साह, नेपाल विद्यार्थी संघ बाराका उपाध्यक्ष बलिराम दाससहित समाजसेवीहरू मोहन दास, दिपक यादव, सन्तोष साह, दिपक साह, सुनिल पटेल, हरिओम पटेल, रुष्तम हुसेन, हरिशंकर गुप्ता, श्यामबाबु साह, रामबाबु गुप्ता लगायतको उपस्थितिले रहेको थियो।

सो कार्यक्रममा स्वागत मन्तव्य नेपाली कांग्रेसका जिल्ला सदस्य प्रमोद सिंहले गरेको थियो भने सञ्चालन राजकुमार साह कानुले गरेको थियो ।

Share This Article
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *