बारामा १० ग्रामभन्दा बढी खैरो हेरोइनसहित एक महिला पक्राउ

अमरज्योती डेली
209 Views
1 Min Read

कलैया,०३ साउन। बारा प्रहरीले खैरो हेरोइनसहित एक महिलालाई मंगलबार नियन्त्रणमा लिएको छ ।

फेटा गाउँपालिका–१ त्रिवेणी निवासी कृष्ण महतोकी ४० वर्षीया श्रीमती पार्वती महतो लागुऔषध बिक्री वितरण गरिरहेको विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय प्रसौनीबाट प्रहरी नायब निरीक्षक रामकिशुन यादवको कमाण्डमा खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।

घर खानतलासी गर्दा शालिमार लेखिएको झोलामा राखिएको प्लास्टिकका दुई बट्टाभित्र १९–१९ वटा गरी ३ ग्राम ६३० मिलिग्राम र ६ ग्राम ५३० मिलिग्राम तौल भएको गरी जम्मा १० ग्राम १६० मिलिग्राम लागूऔषध (ब्राउन सुगर जस्तो देखिने पदार्थ) बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकी पार्वती महतोसहित बरामद गरिएको लागुऔषध इलाका प्रहरी कार्यालय प्रसौनीमा ल्याइएको छ र थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक टूपेन्द्र श्रेष्ठले जानकारी दिएका छन् ।

Share This Article
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *