कलैया : प्रहरीले बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ जानकी टोल स्थित एक घर बाट शनिबार तास खेलिरहेको अवस्थामा नौ जनालाई पक्राउ गरेको छ। बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सिमरा बाराबाट प्रहरी निरीक्षक शुभास साहको कमाण्डमा खटीएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो।
केशव सुनुवारको घरमा जुवा तास खेलि रहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको को हो। पक्राउ पर्नेमा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ वस्ने ३० वर्षीय सुसन खाती सुनार, सोही पालिका वडा नम्बर २ बस्ने ४० वर्षीय बलराम बिश्वकर्मा, सोही स्थान बस्ने ५६ वर्षीय सुमन कुमार भट्टराई,४१ वर्षीय अभय कुमार श्रीवास्ताव, ४१ वर्षीय केशव सुनुवार, ५२ वर्षीय थहलवहादुर विश्वकर्मा, ५४ वर्षीय शिवजी प्रसाद साह, ५९ वर्षीय बलरामकुमार क्षेत्री. र सोही पालिका वडा नम्बर १ बस्ने ५१ वर्षीय राजकुमार भट्टराई रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। प्रहरी टोलीले सुनुवारको घर खानतलासी गर्दा सोही घरको तेश्रो तल्लाको कोठामा (जुवा) तास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीले उनीहरुको साथबाट रु. एक लाख चौवन्न हजार छ सय असी नगद र तास बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरुलाई नियन्त्रणमा लिई थप आवश्यक अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।



