बारा । बाराको कलैयास्थित विपी स्मृति भवन (नेपाली कांग्रेस बाराको कार्यालय)मा पूर्वमन्त्री ऋषिकेश गौतमको निधन भएको १३ औं दिनको पुण्यतिथिमा बुधबार श्रद्धाञ्जली सभा सम्पन्न भएको छ।
नेपाली काँग्रेसका पूर्व केन्द्रीय सदस्य पूर्व मन्त्री, नेपाल विद्यार्थी संघका संस्थापक केन्द्रीय सदस्य एवंम् नेपाली काँग्रेस बाराका पूर्व पार्टी सभापति स्वर्गीय ऋषिकेश गौतमको १३ औं पूण्य तिथिमा सो सभा सम्पन्न भएको हो।
नेपाली कांग्रेस जिल्ला कार्य समिति बाराको आयोजनामा भएको सो सभाको अध्यक्षता नेपाली कांग्रेस बाराका सभापति राजेश राय यादवले गरेका थिए।
उक्त श्रद्धाञ्जलि सभामा उप–सभापति मनोज भट्ट,अमिरीलाल पाल,पूर्व मन्त्री कलावती पासवान,सुवर्ण गाउँपालिकाका अध्यक्ष राजेशप्रसाद यादव,नेपाल ट्रेड युनियन बाराका अध्यक्ष विश्वमणी शर्मा, क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति प्रभात चौरसिया, बारा क्षेत्र नम्बर ४ का क्षेत्रीय सभापति सुनिल गुप्ता,ख का क्षेत्रीय सभापति लोकेश सिंह, पत्रकार भोजराज भट्टराई,कोल्हवी नगरपालिकाका नगर प्रमुख रामप्रसाद चौधरी,नपाल तरुण दलका केन्द्रीय सदस्य राजकिशोर गुप्ता, बाराका सभापति दिपेन्द्र पटेल, लगायत नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो।
सो कार्यक्रमको संचालन नेपाली कांग्रेस बाराका जिल्ला कार्य समिति सदस्य रवि करण साहले गरेका थिए।



