कलैया । सशस्त्र प्रहरीले बाराको विभिन्न स्थानबाट पाँच लाख ९० हजार बराबरको भन्सार छलिका अवैध सामानसहित काठ बरामद गरेको छ।
वि.ओ.पि. गोलागञ्जको टोलिले शुक्रबार सिम्रौनगढ नगरपालिका ९ स्थित बसवरिया पिठुवाघाट सीमा ईलाकामा अन्दाजि रू ९७ हजार मूल्य बराबरको कपडा र किरानाजन्य सामान नियन्त्रणमा लिएको हो।
कलैया उपमहानगरपालिका वडा नं. १० मटिअर्वा स्थित नहर चोकमा प्रस्तावित सीमा सुरक्षा गुल्म मटिअर्वावाट खटिगएको टोलीले बिहिवार यात्रुवाहक अटोहरुलाई रोकी चेकजाँच गर्ने क्रममा भारतबाट अबैध रुपमा भन्सार छलि नेपालतर्फ ल्याउदै गरेको सामान बरामद गरेको छ।
सो टोलिले ५५ हजार रुपैयाँ बराबरको २ झोला झिलिमिली बत्ति ,१ झोला भाडावर्तन र १ झोला मोबाईल ब्याक लाईट बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ ।
त्यस्तै बारा जिल्लाको बिश्रामपुर गाउँपालिका-३ मुसहर्वा डम्पिङ्ग ईलाकामा सोहि टोलीले भारतबाट अबैध रुपमा भन्सार छली १ जना ब्यक्तिले मोटरसाइकल को प्रयोग गरी नेपालतर्फ ल्याउदै गरेको अन्दाजी मुल्य रु. २० हजार बराबरको १ कार्टुन कपाल काट्ने मेसिन र १ कार्टुन मोबाईल राख्ने स्टेन बरामद गरेको हो।
कलैया उपमहानगरपालिका – १० मटिअर्वा स्थित नहर चोकमा सोहि टोलीले यात्रुवाहक अटोहरुलाई रोकी चेकजाँच गर्ने क्रममा भारतबाट अबैध रुपमा भन्सार छलि नेपालतर्फ ल्याउदै गरेको ६५ हजार रुपैयाँ बराबरको ९ रोल थानको कपडा, २ बोरा रेडिमेड कपडा बरामद गरेको छ।
त्यस्तै बारा जिल्लाको कोल्हवी नगरपालिका –६ परसौनाबाट पिपरा तर्फ जाने बाटो स्थित पानी बग्ने कुलोमा लुकाई छिपाई राखि बेवारिसे अवस्थामा रहेको अन्दाजी मुल्य रु. ४० हजार आठ सय बराबरको २५.५ क्युफिट (४ वटा सिसौको गोलिया) काठ सुरक्षा बेश कोल्हवीवाट खटिएको टोलीले बरामद गरी आवश्यक कारवाहीको लागी सव डिभिजन वन कार्यालय कोल्हवीमा बुझाएको छ।
फेटा गाउँपालिका–१ त्रिवेणी चोक स्थित बि.ओ.पि.बरैनिया बाट खटिएको सशस्त्र प्रहरी निरीक्षक सन्दिप के.सी.को टोलीले अन्दाजी मुल्य रु.दुई लाख दुई हजार तीन सय ४० रुपैयाँ बराबरको कपडा र मोबाईलको सामानहरु नियन्त्रणमा लिएको छ।
कलैया उपमहानगरपालिका १० मटिअर्वा भण्डारी चोक स्थित प्रस्तावित सीमा सुरक्षा गुल्म मटिअर्वााट खटिगएको टोलीले अबैध रुपमा भन्सार छलि नेपालतर्फ ल्याउदै गरेको ९० हजार रुपैयाँ बराबरको ३ बोरा जुताचप्पल बरामद गरेको सशस्त्र प्रहरी बल नम्बर १२ गणका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक खुमबहादुर केसीले जानकारी दिएका छन् ।
बरामद गरिएका उक्त अवैध सामानहरू विरगञ्ज भन्सार कार्यालय वुझाइने सशस्त्र प्रहरी उपरीक्षक केसीले जानकारी दिएका छन्।



