कलैया : बाराको सुवर्ण गाउँपालिका वडा नं. २ कवहीगोठ निवासी संबिधान सभा सदस्य रामअयोध्या प्रसाद यादवको निधनमा सुवर्ण गाउँपालिकाले एक दिने शोक विदा सूचना प्रकाशन गरी दिएको छ।
गाउँपालिकाका अध्यक्ष राजेशप्रसाद यादवले “उपचारको क्रममा बीरगंज हेल्थ केयर अस्पताल पर्सामा दुःखद निधन भएको हुँदा सम्पूर्ण सुवर्ण गाउँपालिका परिवार दुःख व्यक्त गर्दछ।” भनी सूचनामा उल्लेख गरिएको छ।
सो सूचनामा हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै यस दुःखको घडीमा शोकाकुल परिवारजनमा हार्दिक सम्वेदना व्यक्त गर्दै दिवंगत आत्माको चिर शान्तिको कामना समेत गर्दै १ दिन पालिका मातहतका गाउँपालिका कार्यालय र सार्वजनिक कार्यालयहरुमा बिदा रहने समेत जनाइएको छ।



