अवैध रेडिमेड कपडा र तीन मोटरसाइकल बरामद

अमरज्योती डेली
208 Views
1 Min Read

कलैया । सशस्त्र प्रहरी बलले बारा जिल्लाको फेटा गाउँपालिका–१ त्रिवेणी चोकबाट करिब ४ लाख ४ हजार रुपैयाँ बराबरको अवैध रेडिमेड कपडा र ३ वटा मोटरसाइकल बरामद गरेको छ ।

एफ.ओ.वि. छतवाबाट सशस्त्र प्रहरी नायब निरीक्षक अर्जुन पनेरुको कमाण्डमा खटिएको ६ जनाको मोटरसाइकल गस्ती टोलीले मंगलबार भारतबाट नेपाल ल्याउँदै गरिएको रेडिमेड कपडा बरामद गरेको हो।

उक्त बरामद गरिएका कपडा र मोटरसाइकललाई आवश्यक कानुनी कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाउने प्रक्रिया अगाडी बढाइएको सशस्त्र प्रहरी बल नं. १२ गण बाराका प्रहरी उपरीक्षक खुमबहादुर के.सी.ले जानकारी दिएका छन् ।

Share This Article
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *