बाराको कोल्हवीमा नेपाल थारु संघ बाराको प्रथम अधिवेशनको उद्घाटनको क्रममा नेपाल थारु संघ केन्द्रीय अध्यक्ष शिवनारायण महतो थारुले सरकार अझैपनि थारु जातिको मौलिक पहिचान, भाषा, संस्कृति, परम्परा र धर्मको संरक्षण तथा प्रवद्र्धन गर्नेतर्फ अग्रसर नभएको बताएका थिए। उनले थारु युवाहरूलाई नेतृत्वदायी भूमिकातर्फ प्रेरित गर्नु थारु युवाहरूलाई सामाजिक, राजनीतिक र शैक्षिक क्षेत्रमा नेतृत्व गर्न प्रेरित गर्दै प्रशिक्षण र सशक्तिकरणमा जोड दिनु पर्ने बताएका छन्। उनले थारु समुदायको हक, अधिकार र पहिचान संरक्षणमा राज्यले अझै काम गर्न नसकेको बताएका हुन।

यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दैै नेपाली कांग्रेस जिल्ला कार्य समिति बाराका सभापति एवम् कलैया उपमहानगरपालिकाका पूर्व मेयर राजेश राय यादवले थारु जातीको आरक्षण वाडदेखी केन्द्रसम्म गर्नुपर्ने आवस्यकता रहेको बताउए। उनले हामी भाग्यसाली रहेको छौं,कि नेपाली कांग्रेसको आरक्षण छौँ,थारु जातीको सहभागिता छ,उनले भने । आफ्नो संस्कृती बचाउन संगठित हुन जरुरी रहेको र मजबुत बनाई अगाडी बढ्न आग्रह गरे।
त्यस्तै कार्यक्रममा बोल्दै कोल्हवी नगरपालिकाका नगर प्रमुख रामप्रसाद चौधरीले थारु संघ नेपाली कांग्रेस बाहेक अरु पार्टीमा नरहेकोले हामीहरुले यस बाट नजर अन्दाज गर्न सक्छौ कि नेपाली कांग्रेस थारु जातीलाई सम्मान गर्ने पार्टी भएको बताए । उनले थारुहरुको हक हितको लागि नेपाली कांग्रेस जहिले पनि अवाज उठाउदै आएको जिकिर गर्नु भयो ।
नेपाल थारु संघ जिल्ला कार्य समिति बाराको पहिलो अधिवेशनबाट अगामी कार्य कालको लागि सन्जय चौधरी थारुको नेतृत्वमा २१ सदस्यीय नया कार्य समिती चयन भएको छ। संघको उपाध्यक्ष दशरथ चौधरी, सचीव लालबहादुर चौधरी ,सह सचीव मुन्ना चौधरी ,कोषाध्यक्ष सुजाता चौधरी चनय भएका छन । यसैगरी सदस्यहरुमा ओम प्रकाश चौधरी ,सन्जीव चौधरी ,संगीत चौधरी ,बिनय चौधरी ,रेनु चौधरी ,रामहरि चौधरी ,लगायतको रहेका छन।
सो अधिवेशनको उद्घाटन समारोहमा जिल्ला कोषाध्यक्ष बासु प्रसाद चौधरी , नेपाली काङ्ग्रेस बारा क्षेत्र न ४ ख का सभापति लोकेश सिंह , कोल्हवी नगरपालिकाकी नगर उप प्रमुख लक्ष्मी कुमारी चौधरी, ने .का कोल्हवी नगर कमिटी सभापति बिरेन्द्र प्रसाद चौधरी ,बारागढी गा पा का सभापति सुरेन्द्र चौधरी, तामागढी सझेदारी वनका अध्यक्ष रबिन्द्र पनुहर, कोल्हबी वडा नम्बर ३ का अध्यक्ष किशुनदयाल चौधरी , थारु अगुवा भुवन चौधरी, थारु कल्याणकारणी सभा कोल्हबी नगर कमिटी सभापति राम नाथ चौधरी लगायतकाले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कोल्हबी बजारमा रहेको रोज उड होटेल प्रा. लि. को सभाहलमा सम्पन्न उक्त जिल्ला अधिवेशन उद्घाटनमा धिरेन्द्र पनुहरले संचालन गरेको कार्यक्रममा शुभकामना मनतब्य दशरथ चौधरीले राखेका थिए ।



