जेठ महिनाको उत्कृष्ट प्रहरी बने निरीक्षक खेमप्रसाद नेपाल

अमरज्योती डेली
129 Views
2 Min Read

कलैया,०३असार  : जिल्ला प्रहरी कार्यालय बाराले २०८२ जेठ महिनाको उत्कृष्ट प्रहरी घोषित गरेको छ। प्रहरी निरीक्षक खेमप्रसाद नेपाल उत्कृष्ट प्रहरी घोषित भएका हुन्।

शान्ति सुरक्षा तथा प्रहरी कार्य शाखामा उनी कार्यरत रहेका छन्। प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक सन्तोष तामाङ्गले यस्तो घोषणाका साथ प्रमाणपत्रमा हस्ताक्षर गरेका छन्।

प्रहरी निरीक्षक नेपालले जेठ १३ गते प्रसौनीमा भएको जबरजस्ती करणी गरेको घटनाको सफल अनुसन्धान गरी सात जना प्रतिबादीहरुलाई पक्राउ गरी कानुनी दायरामा ल्याएका थिए।

उनले जेठ १६ गते बाराको कलैया उपमहानगरपालिका वडा नं.०१ स्थित भारतबाट भन्सार छली गरी ल्याई धानको बिउ भनि नक्कली मार्का टालि बिक्रि बितरण गरिरहेको अवस्थामा पिकअप गाडी सहित ८४ बोरा धान नियन्त्रणमा लिएका हुन्। धान तथा गाडीलाई उनले भन्सार कार्यालयमा बुझाएका हुन्। बिभिन्न मुद्दामा बिभिन्न तहका अदालतबाट अन्तिम फैसला भई फरार रहेका १७ जना प्रतिबादीहरुलाई उनले पक्राउ गरेका हुन्।

जेठ २२ गते कलैया उपमहानगरपालिका वडा नं.६ हनुमान चोक स्थितबाट लागु औषध –१०,निट्राभेट –१० ३५ पत्ता सहित ४ जना मानिसहरुलाई पक्राउ गरेका हुन्। उनले जघन्य अपराध अनुसन्धानमा उत्कृष्टता प्रदर्शन गरेका हुन्।

उनले राजश्व संकलनमा बिशेष योगदान गरेको उनको कार्य विवरणमा उल्लेख गरिएको छ। नीति निर्देशनलाई पूर्णरुपमा पालना गर्दै सुम्पिएको जिम्मेवारी उच्च व्यवसायिक कार्य कुशलताका साथ कार्य सम्पादन गरी उत्कृष्ट कार्य सम्पादन गरेकोले उत्कृष्ट कार्यको कदर स्वरूप पुरस्कृत गरिएको हो।

यसले अन्य प्रहरी कर्मचारीहरूमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास कार्यालयको रहेको छ। यसले कार्य दक्षतामा अझ बढी प्रभावकारीता आउने भएकोले प्रहरी निरीक्षक नेपाललाई “जेठ“ महिनाको उत्कृष्ट प्रहरी घोषित गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

Share This Article
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *