कलैया । गृह मन्त्रालयले मन्त्रालयले बुधबार एकैपटक बारासहित २६ जिल्लाका सिडिओको सरुवा गरेकोे ।
गृहले १९ सहसचिव र २४ उपसचिवको सरुवासंगै बाराका प्रमुख जिल्ला अधिकारीको पनि सरुवा भएको हो । बाराका प्रजिअ बसन्त अधिकारीको सिरहा जिल्लामा प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा भएको छ ।
प्रजिअ अधिकारीको सरुवा भएसंगै बारा अब प्रमुख जिल्ला अधिकारीको रुपमा प्रकाश पौडेल आउने भएका हुन । पौडेल हाल चितवनको प्रमुख जिल्ला अधिकारी छन ।
यसैगरी गृहको सरुवा लिष्टमा पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको नाम छ । उनको गृह मन्त्रालयमा सरुवा भएको छ ।
पर्सामा अर्यालको ठाउमा पाल्पाको प्रमुख जिल्ला अधिकारीको रुपमा कार्यरत तोय नारायण सुवेदीलाई पठाने निणर्य भएको गृहमन्त्रालयले जनाएको छ ।



