आज दिउसो करीब ३ बजेको समयमा बाराको बिश्रामपुर गाउँपालिका वडा नं.५ नकटुवा स्थित फेटा तर्फबाट बिरगंज तर्फ ना.२ ह ५६७६ नं.को टेम्पोमा राखी भन्सारी छलि गरी ल्याउँदै गरेको अवस्थामा विभिन्न लत्ता कपडा इ. प्र.का. प्रसौनीले बरामद गरेको छ।
लाता कपडाहरु भन्सार छलि चोरी पैठारी गरी ल्याउदै गरेको छ भनि गोप्य सुचना प्राप्त हुनासाथ सो कार्यालयबाट प्रहरी निरीक्षक टुपेन्द्र श्रेष्ठको कमाण्डमा खटिएको प्रहरी टोलिले सो कपडाहरू बरामद गरेको छ।
प्रहरी टोली सो स्थानमा पुग्नासाथ मटिअर्वा बाट बिरगंज तर्फ चोरी पैठारी गरी ल्याउँदै गरेको टेम्पु सामान सहित छोडी टेम्पु चालक फरार भएको थियो भन्ने जानकारी कार्यालयले गराएको छ।
सो टेम्पुबाट प्रहरी टोलीले निम्नानुसारको सामानहरू बरामद गरेको छ:
निम्न समानहरु ;-
१, लेडिज भेष्ट ४० पिस अं.मु.रु.२०,०००।–( बिस हजार )
२, लेडिज कुर्ता सुट २६ पिस अं.मु.रु. ३९,०००।–( उन्नचालिस हजार )
३, ताना कपडा १६० मिटरअं.मु.रु.३२,००० ।-( बतिस हजार )
४, पुरूषले लगाउने धोति कपडा ९ पिस अं.मु.रु.१३,०००।–( तेह्र हजार )
५.गम्छा -२० पिस अं.मु.रू.२,०००।–(दुई हजार)
६.सुट कपडा ८६ मिटर अं.मु.रू.८६,०००।– ( छयासी हजार )
७.ना २ ह ५६७६ नं.को टेम्पु अं.मु.रू.२,५०,०००।– (दुई लाख पच्चास हजार)
जम्मा अं.मु. रु.४,४२,०००।–(चार लाख बयालिस हजार ) रुपैया बराबरको समानहरू नियन्त्रणमा लिएको छ।
प्रहरी टोलीले टेम्पु सहित नियन्त्रणमा लिई आबश्यक कारबाहीको लागि बिरगंज भन्सार कार्यालय बिरगंज पर्सामा पठाएको बताएको छ।



