कलैया । आज दिउसो अन्दाजी सावा ३ बजेको समयमा बाराको कलैया उप-महानगरपालिका वडा नं. १० मटिअर्वामा मासु काट्ने दाब प्रहार गरी श्रीमानले आफ्नो श्रीमतीको हत्या गरेका छन।
अन्दाजी ३५ वर्षको बच्चा मियाँले आफ्नै श्रीमति अन्दाजी वर्ष २३ की सहिना खातुनलाई घरायसी वादबिवादको कारण आफ्नै घर भित्र कुटपिट गरी मासु काटने दाबले टाउको र गर्दनमा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा सूचना अधिकारी विजयराज पण्डीतले जानकारी दिएका छन् ।
सो सूचना प्राप्त हुन साथ जिल्ला प्रहरी कार्यालय बारा र प्रहरी चौकी मटिअर्वा बाराबाट तत्काल घटना स्थलमा प्रहरी पुगी प्रारम्भिक अनुसन्धान पश्चात हत्या गर्ने व्यक्ति बच्चा मियाँलाई पक्राउ गरी हत्यामा प्रयोग भएको दाब समेत वरामद गरी थप अनुसन्धान कार्य भई रहेको जानकारी गराइएको छ।
प्रहरी चौकी मटिअर्वा बारामा उनलाई राखिएको छ। जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी निरीक्षक सुरेश राज भट्टको कमाण्डमा मुचुल्का सहितको टोली खटि गई थप अनुसन्धान भइ रहेको प्रनाउ पण्डितले बताए।



