बारा : तराई यातायात व्यवसायी संघ मुख्य कार्यालय सिमरा बाराले इलाका प्रहरी कार्यालय सिमराका हालै पदभार सम्हाल्नु भएका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीलाई मंगलबार एक कार्यक्रमका बीच स्वागत तथा सम्मान गरेको छ।
संघको सिमरा कार्यालयमा आयोजित सो कार्यक्रममा संघका अध्यक्ष ओम कार्कीले डीएसपी जोशीलाई खादा ओढाई र टोपी लगाई स्वागत तथा सम्मान गरेका हुन् ।
संघका अध्यक्ष कार्कीले सवारी तथा यातायात क्षेत्रको सुरक्षामा प्रहरीको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै व्यवसायीहरूसँग सहकार्यमा प्रहरीले चालेका कदमप्रति धन्यवाद व्यक्त गरे।
सो कार्यक्रममा डीएसपी जोशीले आफूले व्यवसायीहरूसँग सहकार्य गर्दै समस्या समाधान र ट्राफिक व्यवस्थापनलाई व्यवस्थित बनाउने आश्वासन पनि दिए।
उक्त कार्यक्रममा संघका महासचिव अर्जुन प्रसाद अधिकारी,उपाध्यक्ष कुमार राई,कोषाध्यक्ष नारायणप्रसाद घिमिरे र सदस्य सुदिप रिमाल,लोक ब. पोख्रेल ,मदनराज कंसाकार लगायतको उपस्थिति रहेको थियो।



