प्रदेश सभा सदस्य महम्मद समीरको विकास योजनामा भइरहेको छ चरम लापरवाही

अमरज्योती डेली
124 Views
3 Min Read

कलैया : बारा क्षेत्र नम्बर ३ ख का प्रदेश सभा सदस्य महम्मद समिरको सिफारिशमा सञ्चालित विकास योजनामा चरम लापरवाही भइरहेको पाइएको छ।

सामुदायिक भवन,धर्मशाला,सडक र नाला निर्माण लगायत दुई करोड १० लाख रुपैयाँ बराबरको योजनाहरूमा लापरवाही गरिएको देखिएको छ। विकास कार्यमा उपभोक्ता समिति बनाई ठेकेदारसंग काम गराइदै छ।

कलैया उपमहानगरपालिका–१८ का चार वटा र वडा नम्बर–५ को एक योजनामा योजना अनुसारको सूचना बोर्ड समेत राखिएको छैन। ति योजनामा अनियमितता हुने सम्भावना रहेको छ। योजनाको स्थलगतमा सार्वजनिक सूचनाको बोर्ड नराखी काम गर्नु अपारदर्शी काम हो। जवाफदेहिता र सार्वजनिक सरोकारको अपेक्षालाई उल्लंघन गरेको देखिएको स्थानीय शिव चन्द्र मण्डलको आरोप रहेको छ। बारा क्षेत्र नम्बर ३ ख मा संचालित बारा कलैया उपमहानगरपालिका –१८ मोतिसरमा धर्मशाला निर्माणमा ४५ लाख, पर्यटन विकास कार्यालय अन्तर्गत कलैया –१८ मा ५० लाख रुपैयाँको लागतमा तीन वटा सामुदायिक भवन निर्माण महम्मद समिरको सिफारिश भइरहेको हो।

बारा कलैया उपमहानगरपालिका –१८ गुरुकुलम ट्रष्ट वाउन्डरी बाल निर्माण कार्यमा ५० लाख, कलैया उपमहानगरपालिका वडा नम्बर १९,१८ र २५ जोडने नालासहित सडक निर्माण कायर्मा ३० लाख रकम विनियोजित रहेको छ। बारा जिल्ला कलैया उपमहानगरपालिका वडा नम्बर ५ घुसुकपुर सुशील मुडवरीको घरदेखि सुधिर यादवको घरसम्म सडक स्तरोन्नति ३५ लाख रुपैयाँको योजना रहेको छ। यी सबै योजनामा भइरहेको काममा लापरवाही भइरहेको देखिएको छ।

सो योजनाहरुमा सानो सानो बोल्डरको प्रयोग भइरहेको छ। घर भन्दा अलि बढी नालाको लेबल रहेको पाइएको छ। टाईबिम ढ्लान गर्ने बेला माटो सरसफाइ नगरिएको पाईएको छ।

पर्यटन विकास कार्यालय अन्तर्गत कलैया –१८ मा ५० लाख रुपैयाँको लागतमा तीन वटा सामुदायिक भवन मध्ये मनगढवास्थित पुलको तल निर्माण भैरहेको सामुदायिक भवन समीर कन्स्ट्रक्सन कलैयाले निर्माण गर्दै छ। उक्त कन्स्ट्रक्सन प्रदेश सभा सदस्य महम्मद समिरको काका नुरुल होदाको रहेको हो।

सम्पूर्ण योजना उपभोक्ता समिति गठन गरि ठेक्कामार्फत निर्माण कार्य भैइरहेको पाइएको छ। लागत अनुसार काम नभएको तथा ठेकेदारहरुले लापरवाही ढंगले काम गर्दै आएको स्थानीयहरु आक्रोशित समेत छन्।

क्षेत्र नम्बर ३ ख का प्रदेश सभाका सदस्य महम्मद समिरसंग सम्पर्क गर्दा उनी मिटिङगमा छु पछी कुरा गर्छु भन्दै कल काट्दै यस सम्बन्धमा प्रतिक्रिया दिएनन्।

भौतिक पूर्वाधार विकास कार्यालय बाराका निमित्त कार्यालय प्रमुख रिम्पु कुमारी यादवले मोतिसरमा संचालित योजनाको साईट इन्जिनियर रामसेवक यादव रहेको जनाइन्। हाकिम भएर निर्माण भैरहेको सबै ठाउँमा कहाँ पुग्न सकिन्छ भन्दै सार्वजनिक सूचनाको बोर्ड राख्न ठेकेदारलाई लगाउने जनाइन्। नलगाएपछि बोर्डको रकम काट्ने उनले बताइन्। निर्माण कार्यमा लापरबाही भैरहेको पाइएमा कार्वाही समेत गर्ने उनले जनाइन्।

मोतिसरका साइट इन्जिनियर रामसेवक यादवसंग ९८१९७६७८९१ मा सम्पर्क गर्दा उनको मोबाइल अफ रहेको छ।

Share This Article
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *