नेविसंघ ठाकुरराममा करण पाण्डे

अमरज्योती डेली
294 Views
1 Min Read

नेपाल विद्यार्थि संघको वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसको एकाई अध्यक्षमा करण पाण्डेलाई मनोनयन गरिएको छ।

नेपाल विद्यार्थि संघका केन्द्रिय अध्यक्ष दुजाङ शेर्पाले पाण्डेको सो पदमा तीन महिनाकोलागि मनोनयन गरेका हुन्।

मनोनयन पत्रमा शेर्पाले नेपाल विद्यार्थी संघ ठाकुरराम बहुमुखी क्याम्पस इकाईको अध्यक्ष पद रिक्त भएको हुनाले नेपाल विद्यार्थी संघको विधान २०२७ को सातौं संसोधन २०७५ बमोजिम तीन महिना भित्र समितिको अधिवेशन सम्पन्न गर्ने गरि नेपाल विद्यार्थी संघ ठाकुरराम बहुमुखी क्याम्पस इकाईको अध्यक्ष पदको जिम्मेवारी दिइएको जानकारी दिएका छन्।

सो पत्रमा नेपाल विद्यार्थी संघको विधि विधान र मर्यादा भित्र रहेर संघलाई गतिशिल बनाउने विश्वास व्यक्त गरिएको छ।

यस मनोनयनले संघलाई थप उचाई प्राप्त गर्ने विश्वास लिदै कार्यकाल सफलताको शुभकामना समेत शेर्पाले दिएका छन्।

मनोनयन पत्रको बोधार्थ ठाकुरराम बहुमुखी क्याम्पस,वीरगंज,पर्सामा पठाइएको छ ।

Share This Article
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *