सडक कालोपत्रे गुणस्तरहीन भएपछि स्थानीय आक्रोसित

अमरज्योती डेली
433 Views
3 Min Read

कलैया : बाराको महागढीमाई नगरपालिका वडा नम्बर –६ मा निर्माण भइरहेको सडक गुणस्तरहीन निर्माण भएको पाएको छ। पत्रहट्टीदेखि बार्वा–पर्सा जोड्ने सडकमा निर्माण गरिएको कालोपत्रे गुणस्तरहीन भएको पाईएको छ । भर्खरे केही दिन पहिलो गरिएको कालोपत्रे पन्ध्र नपुग्दै अलकत्रा सहित सडक उप्किन थालेपछि पुष्टि भएको हो।

गुणस्तरहीन काम भएको तथा ठेकेदार कम्पनीले लापारवाही ढंगले काम गरेको भन्दै स्थानीय आक्रोशित समेत भएका छन्। निर्माण कम्पनीले सडक बनाउनमा लापरवाही गरेको वा गुणस्तरहीन सामग्री प्रयोग गरेको भन्दै गुणस्तर जाँच गर्न स्थानीयले माग गरेका छन्।

स्वास्थ्य चौकी पत्रहट्टीदेखि बर्वा–पर्सासम्म भएको कालोपत्रे उप्किन थालेको स्थानीय विक्रमप्रसाद यादवले आरोप लगाए। कालोपत्रे गरिएको सडकमा पन्ध्र दिन भित्रै ढुङ्गा निस्केको उनले बताए।

सडक बनाउने बेला बेसमा मात्र बालुवा हालेर कालो पत्रे राखी बिना रोलर चलाई उक्त सडक निर्माण गरिएको उनले जनाए। निर्माण कम्पनीले पातलो कालोपत्रे गरेकाले निर्माण हुने बित्तिक्कै उप्किन सुरु भएकोले सडकको अवस्था पछि झनै खराब हुने उनीहरूको भनाइ छ।

भागवती श्री राधेमाई निर्माण सेवा वीरगंज पर्साले कालोपत्रे सडकको सम्झौता २०८१ मंसिर २५ मा गरेको थियो। २०८१ चैत ३१ गतेसम्म कार्य सम्पन्न अवधि रहेको छ। करिब १ कि.मी. सडक कालोपत्रेका लागि ६२ लाख २५ हजार ७ सय १० रुपैयाँ ०२ पैसा भ्याट सहितमा ठेक्का सम्झौता भएको थियो। उक्त आयोजनाको नाम पत्रहट्टीको नन्द सहनीको घरदेखि हुलाकी राजमार्गसम्म सडक खण्डको सुधार हो।

निर्माण सेवाका प्रोपराइटर नन्द राज सरार्फका अनुसार सडकको कोरमा फोड्नु हुन्छ भने फुटिहान्छ,त्यसमा गाडी चलाएर हेर्नुस् फुट्दैन भनेर दावी गरेका छन्। गुणस्तरहीन काम नभएको उनले दाबी गरेका छन्। यदि गुणस्तरहीन काम भएको छ भने इन्जिनियर संग ल्याब चेक गराउन र इस्टिमेट अनुसार कालोपत्रे सडक निर्माण गरिएको उनले समेत बताए । सब–बेस १५ सेन्टी,बेस–१५ सेन्टी र प्रिमिस –३ सेन्टी रहेको उनले भने ।

यता सघन शहरी तथा भवन निर्माण आयोजना वीरगंजमार्फत करिब १ किलो मिटर सडक निर्माण गन ठेक्का लागेर काम सम्पन्न भएका छ । यता इन्जिनियर मुकेश यादवसंग बुझ्दा कालोपत्रे सडकको गुणस्तर जाँच गर्न बाँकी रहेको बताएका छन ।

“सडकको कोर कटिङगरी गुणस्तर मापन हुन्छ” उनले भने। “यदि गुणस्तर नपुगेको देखिन्छ भने निर्माण कम्पनीले सुधार गर्नुपर्छ । गुणस्तरहीन निर्माण भएको आरोप लगाउनेको रोहबरमा कालो पत्रे सडकको कोर कटिङ्ग गर्ने उनले बताए।

Share This Article
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *