बाराका विभिन्न स्थानमा सशस्त्रद्वारा अवैध सामान बरामद

अमरज्योती डेली
246 Views
1 Min Read

कलैया ,०३ भदौ । सशस्त्र प्रहरी बलले बाराको विभिन्न स्थानबाट करिब तीन लाख २५ हजार रुपैयाँ मूल्य बराबरको अवैध सामान बरामद गरेको छ।

मटिअर्वास्थित प्रस्तावित सीमा सुरक्षा गुल्मले कलैया उपमहानगरपालिका–१० मटिअर्वा सीमा इलाकाबाट चिनी, किराना सामानसहित मोटरसाइकल बरामद गरेको छ। उक्त सामानको अन्दाजी मूल्य १ लाख ३५ हजार ७ सय रुपैयाँ रहेको सशस्त्र प्रहरीले जनाएको छ।

त्यस्तै, जितपुरस्थित सुरक्षा वेशले विरगञ्ज–पथलैया सडकखण्डको नितनपुरमा यात्रुवाहक बसको डिक्कीमा लुकाइएका करिब १ लाख ४५ हजार रुपैयाँ बराबरका लेडिज आइटम बरामद गरेको छ।

यसैगरी, निजगढस्थित विपद् व्यवस्थापन सुरक्षा वेशले निजगढ नगरपालिका–८ बकैया पुलमा रोपिएको चेकजाँचका क्रममा रौतहटबाट हेटौंडा जाँदै गरेको यात्रुवाहक बसको डिक्कीमा लुकाइएका करिब ६० हजार रुपैयाँ बराबरका अवैध रेडिमेड कपडा बरामद गरेको हो।

सशस्त्र प्रहरी बल नं. १२ गण, बाराका गणपति एवं प्रहरी उपरीक्षक खुमबहादुर केसीका अनुसार बरामद गरिएका सबै सामान आवश्यक कानुनी कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ।

Share This Article
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *