बारामा लागुऔषध गाँजासहित एक जना पक्राउ

अमरज्योती डेली
242 Views
1 Min Read

बारा । बारा प्रहरीले मिनी ट्रकबाट २ सय ३६ किलो ७५० ग्राम लागुऔषध गाँजासहित एक जनालाई आज  नियन्त्रणमा लिएको छ।

ईलाका प्रहरी कार्यालय अमलेखगञ्जको टोलीले बा २ ख ९५६९ नम्बरको मिनी ट्रकमा लोड गरिएको गाँजासहित चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिएका छन् । पक्राउ पर्ने चालक मकवानपुरको कैलाश गाउँपालिका–१० निवासी ३८ वर्षीय रमेश रुम्बा रहेका छन्।

अमलेखगञ्जका प्रहरी बरिष्ठ नायब निरीक्षक धनप्रसाद श्रेष्ठ को नेतृत्वमा खटिएको टोलीले जितपुरसिमरा उपमहानगरपालिका–२१ अमलेखगञ्जस्थित प्रहरी चेकपोइन्टमा उक्त ट्रकलाई जाँच गर्दा गाँजा बरामद भएको हो। मकवानपुरबाट वीरगञ्जतर्फ आउँदै गरेको ट्रकको छतमा सिलिङ भित्र फल्स बटम बनाई त्रिपालले छोपेर लुकाइएका २८ पोका गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ।

बरामद गरिएको गाँजाको अन्दाजी २ सय ३६ किलो ७५० ग्राम रहेको र यस सम्बन्धमा इलाका प्रहरी कार्यालय सिमराका डीएसपी वेदप्रकाश जोशीको कमाण्डमा रहेको टोलीले थप अनुसन्धान गरिरहेको प्रवक्ता पण्डितले जानकारी दिए ।

Share This Article
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *