अत्यधिक गर्मीका कारण वीरगंजमा ६ दिनका लागि विद्यालय बन्द

अमरज्योती डेली
118 Views
1 Min Read

वीरगंज : वीरगंज महानगरपालिकाले बढ्दो गर्मीका कारण नगर क्षेत्रभित्र रहेका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरू ६ दिनका लागि बन्द गर्ने निर्णय गरेको छ।

महानगरको शिक्षा प्रशासन महाशाखाबाट जारी सूचनाअनुसार, २०८२ असार १ गते आइतबारदेखि ६ गते शुक्रबारसम्म विद्यालयहरूमा पठनपाठन स्थगित गरिएको हो ।

सूचनामा भनिएको छ, “विगत केही दिनदेखि गर्मी अत्यधिक बढेको र यसले विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकूल असर पार्ने सम्भावना देखिएकाले सावधानीस्वरूप शिक्षण कार्य अस्थायी रूपमा रोकिएको हो।”

महानगरले यो विदालाई वर्षे सट्टे विदाबाट समायोजन गरिने प्रमुख शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेले जानकारी दिए ।

यद्यपि, विद्यालय प्रशासन भने यो अवधिमा पनि नियमित रूपमा सञ्चालनमा रहनुपर्ने उल्लेख गरिएको छ।

Share This Article
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *