बारामा अवैध कपडा बोकेको ई–रिक्सा सशस्त्र प्रहरीको नियन्त्रण

अमरज्योती डेली
94 Views
1 Min Read

कलैया : बाराको बिश्रामपुर गाउँपालिका–३ स्थित गाउँपालिकाको कार्यालय पछाडिबाट सशस्त्र प्रहरी बल नेपाल बिओपी बरैनियाको टोलीले छ लाख १० हजार रुपैयाँ बराबरको भन्सार छलिएका अवैध सामानसहित एक ईलेक्ट्रिक रिक्सा नियन्त्रणमा लिएको छ।

सशस्त्र प्रहरी निरीक्षक हरि प्रसाद रिमालको नेतृत्वमा खटिएको टोलीले आइतबार राति भारतबाट अबैधरूपमा नेपालतर्फ ल्याउँदै गरिएको प्र.२–०३–००१ स. ४२६९ नम्बरको ई-रिक्सामा लोड गरिएको रेडिमेड कपडा बरामद गरेको हो।

रिक्सामा अन्दाजी ६ लाख १० हजार रुपैयाँ बराबरका आठ पोका विभिन्न किसिमका रेडिमेड कपडा लोड गरिएको थियो। कपडा तथा ई-रिक्सासहित कुल मूल्य आठ लाख रुपैयाँ बराबरको अवैध सामान सशस्त्र प्रहरीको नियन्त्रणमा लिइएको सशस्त्र प्रहरील जनाएको छ।

उक्त कपडा तथा ई-रिक्सालाई आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल नम्बर १२ गण बाराका प्रहरी उपरीक्षक खुमबहादुर के.सी.ले जानकारी दिएका छन्।

Share This Article
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *