कलैया,२४ जेठ : कलैयामा दोस्रो बारा भेट्रान्स फुटबल प्रतियोगिता जेठ २७ गतेबाट हुने भएको छ।
बाराको कलैयास्थित कलैया फुटबल क्लबको सचिवालयमा शनिबार पत्रकार सम्मेलन गरि यसबारे जानकारी दिइएको हो। सिद्धेश्वर खेल परिसरमा दोस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८२ जेठ २७ गतेदेखी २०८२ असार ०३ सम्म हुने भएको हो।
सो प्रतियोगितामा कलैया फुटबल क्लब रातो,कर्जन्हा भेट्रान सिरहा,कमलडाडा एफ.सि हेटौंडा,एन.एफ.सि निजगढ,आरम्भ भेट्रान बिरगंज,कलैया फुटबल क्लब निलो,पटना सिटी भेट्रान क्लब भारत र वीरगंज सिटी क्लब वीरगंज लगायत ८ वटा टिम सहभागी रहेको आयोजकले जनाएको छ।
सो प्रतियोगितामा पहिलो बिजेतालाई ५१ हजार,दोस्रो २५ हजार ५०१ रहेको छ । प्रत्येक दिन मैन अफ द मैच,प्रतियोगितामा बेस्ट गोल किपर,बेस्ट डिफेन्स,बेस्ट मिड फिल्डर,बेस्ट स्टाइकर,हाइ स्कोरर बेस्ट कोच,मेन अफ दि सिरिज दिइने क्लबका अध्यक्ष अजयकुमार साह जानकारी दिए ।
उक्त पत्रकार सम्मेलनमा खेलकुद विकास एवम् संरक्षण समिति कलैयाका अध्यक्ष अनिल पाण्डे,रमेश साह कानु,रियाजुल ईस्लाम,संदिप कुमार गुप्ता,अजय सरार्फ,बिनोद तुलाधार,प्रमोद गिरी,दिपलाल साह र सञ्चारकर्मीहरु लगायतको उपस्तिथि रहेको थियो।



